रिहार नजिकै तिलकन्यामा पहिरो खस्दा राजमार्ग अबरुद्ध

दाङ समाचार
दाङ समाचार १ आश्विन २०७९, शनिबार
1 Min Read
Aa

दाङ – पुर्व पश्चिम राजमारको लमही- अमिलिया सडक खण्ड अन्तर्गत पर्ने तिलकन्याखोला नजिकै पहिरो खस्दा बाटो अबरुद्द भएको छ ।

लगातारको झरीले पहिरो खस्दा आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन कुमार गौतमले जानकारी दिए । त्यस्तै अर्जुनखोला देखि पश्चिम तर्फ पदमिनी खोलामा सडक छेकिने गरि रुख ढल्दा सडक अबरुद्द भएको र उक्त सडक सुचारु गर्नका लागि लमही नगरपालिका बाट जेसिवी पठाएको लमही नगरपालिका विपत व्यवस्थापन शाखाकी प्रमुख गायत्री थापाले जानाकारी दिएकी छन।

पहिरो खसेका कारण सैयौं सवारीका साधान विच बाटोमै रोकिएका छन। तीन दिन देखि लगातार परेको पानीले दाङका धेरै जसो स्थानमा सडकमा क्षति गर्नुको साथै बालीनालीमा नोक्सानी पुर्याएको छ।

पहिरो खसेको ठाउँमा वडा नम्बर ९ का वडाध्यक्ष भेष बहादुर केसीसंग समन्वय गरेर पहिरो हटाउने बारेमा पहल भैरहेको प्रवक्ता गौतमको भनाई छ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्