पत्रकार “शिवु खनाल” लाई प्रदेश रत्न पदक

दाङ समाचार
दाङ समाचार ३ आश्विन २०७९, सोमबार
1 Min Read
Aa

दाङ – लुम्बिनी प्रदेश सरकारले दाङको लमहीमा रहेर पत्रकारिता गर्दै आएका पत्रकार शिवु खनाललाई तृतीय रत्न पदक प्रथम प्रदान गर्ने घोषणा गर्ने भएको छ ।

आठौं संविधान दिवसका अवसरमा बुटवलमा सोमबार बिहान आयोजित एक समारोहका बीच पत्रकार खनाललाई उक्त पदक दिने प्रदेश सरकारले घोषणा गरेको हो ।

नेपाल भारत सिमा क्षेत्रमा खोज पत्रकारिता मार्फत जनतालाई सुशुचित गर्ने निरन्तरता प्रदान गरेको भन्दै पत्रकार खनाललाई तृतीय प्रदेश रत्न पदक प्रदान गर्ने घोषणा गरिएको प्रदेश सरकारको निर्णयमा उल्लेख छ ।

पत्रकार खनाल बिगत दस बर्षदेखि पत्रकारितामा निरन्तर क्रियासिल रहँदै आएका छन् । उनी हाल दाङ समाचारको व्यवस्थापक, गणतन्त्र राष्ट्रिय दैनिकका देउखुरी प्रमुख, उज्यालो नेटवर्क, मिसन टुडे दैनिक, दैनिक पत्रमा आवद्ध रहेर पत्रकारिता गर्दै आएका छन ।

संविधान दिवशको अवसरमा घोषणा गरिएको यो पदक प्रदेश स्थापना दिवसका अबसरमा प्रदान गरिने छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्