दाङ – कुलोमा डुबेर दाङमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका- ६ देउपुर निवासी हरि भण्डारीका ६ वर्षीय छोरा रोहित भण्डारी रहेका छन। घर नजिकैको कुलोमा खेल्दै पुगेका बेला कुलोमा डुबेर उनि अचेत बनेका थिए । सिंचाई कुलोमा डुबेर अचेत भएका उनको उपचारका क्रममा मृत्यु भएको दाङ प्रहरीले जनाएको छ ।
उनि लमहीमा रहेको ज्योतिषमति विद्यापिठ कक्षा एकमा अध्यनरत विद्यार्थी रहेको जिल्ला दाङका प्रवक्ता राजन कुमार गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्