डा. केसी र सरकारबीच सहमति, अनशन तोड्ने तयारी

दाङ समाचार
दाङ समाचार ८ आश्विन २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं – सरकार र आमरण अनशनरत डा. गोविन्द केसीबीच सहमति भएको छ । सहमतिको प्रस्ताव तयार भइरहेको छ । सहमतिमा हस्ताक्षर पश्चात डा. केसीले शनिबार नै साढे ७ बजे अनशन तोड्ने उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए ।

डा. केसीले २७ भदौमा धनगढीको कृष्ण मन्दिरमा २० औं आमरण अनशन सुरू गरेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि धनगढीकै सेती प्रादेशिक अस्पतालमा लगिएका उनलाई पछि काठमाडौंको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज ल्याइएको थियो ।

डा. केसीले बिरामीको संख्याका आधारमा चिकित्सकको दरबन्दी थप गर्नुपर्ने, सरकारी अस्पतालमा अत्यावश्यक परीक्षण निशुल्क गर्नुपर्ने लगायतका माग राखेर अनशन बसेका थिए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्