वडाध्यक्ष रावतले दुर्व्यवहार गरेको काँग्रेसको आरोप

दाङ समाचार
दाङ समाचार ९ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

दाङ – तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ का वडाध्यक्ष मानबहादुर रावतले स्थानीय एक युवालाई दुर्व्यवहार गरेका छन् । काँग्रेसका क्षेत्रीय प्रवक्ता सन्तोष चौधरीमाथि अभद्र ब्यबहार गरेको काँग्रेसले आरोप लगाएको छ ।

रावतले असोज १ गते अभद्र ब्यबहार गरेको भन्दै क्षेत्रीय सभापति खड्काले एक विज्ञप्ति जारी गरि रावतमाथि कारवाहीको माग गरेका छन् । असोज १ गते बिहान साढे ७ बजे उरहरी गाउँमा पानीको नाला खोल्ने बिषयमा अध्यक्ष रावतले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्नेमा उल्टै अपशब्द प्रयोग गर्दै, गाली गलौज गर्नुको साथै हातखुट्टा भाँचीदिन्छु भन्ने धम्कीपूर्ण भाषा प्रयोग गरेको काँग्रेसले आरोप लगाएको छ ।

काँग्रेस क्षेत्रीय कार्यसमितिको बिहीबार बसेको कार्यसमिति बैठकले अध्यक्ष रावतले गरेको ब्यबहारप्रति खेद प्रकट गर्दै दोषी वडाध्यक्षमाथि कारबाही गर्न तुलसीपुर उपमहानगरपालिकाको ध्यानाकर्षण समेत गराइएको बिज्ञप्तिमा उल्लेख छ ।

एक हप्ता भित्र वडाध्यक्षमाथि कारबाही नभए पार्टीले स्वयम् कारबाही गर्न बाध्य हुने चेतावनी दिइएको छ । फेरि यस्ता घटना नदोहोर्याउन आग्रह गर्दै वडाध्यक्ष रावतलाई पदयि दायित्वमा रहेर कार्यसम्पादन गर्न आग्रहपनि गरेको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्