धनुषाबाट १९ किलो चाँदीसहित भारतीय नागरिक पक्राउ

दाङ समाचार
दाङ समाचार ९ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

काठमाण्डौ – धनुषाबाट १९ किलो चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत बिहारको मधुवनी जिल्लाको सुट्ठी गाउँ बस्ने ५० वर्षीय चन्द्रकान्त झा रहेका छन् ।

शरीरको विभिन्न भागमा लुकाएर साइकलमा सवार भइ भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा चेकजाँच गर्दा उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल जटहीका प्रहरी नायब उपरीक्षक निर्मल खडकाले जानकारी दिए ।

उनका अनुसार बरामद गरिएको १९.४१७ केजी चाँदीको मूल्य १९ लाख ६४ हजार ३ सय ४० नेपाली रुपैयाँ रहेको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्