खानेपानीको पाइप चोरेको आरोपमा वडा सदस्य पक्राउ

दाङ समाचार
दाङ समाचार ९ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

काठमाण्डौ – खानेपानीको पाइप चोरेको आरोपमा वडा सदस्यसहित ४ जना पक्राउ परेका छन्। कास्की प्रहरीले मादी गाउँपालिका १ का निर्वाचित वडा सदस्य ३४ वर्षीय खरजंग गुरुङसहित ४ जनालाई पक्राउ गरेको हो।

थाक खानेपानी आयोजनाको पाइप चोरी गरेको आरोपमा उनीहरुलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले असोज ५ गते मध्यराति पक्राउ गरेको हो।

चोरी गरिएको पाइपको मूल्य करिब १४ लाख रुपैयाँ बराबर रहेको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले बताए। ६ दिनको म्याद थप गरी उनीहरुमाथि अनुसन्धान भइरहेको तिवारीले बताए।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्