दशै कोसेलीका साथ जेष्ठ नागरिक दिवस

दाङ समाचार
दाङ समाचार १५ आश्विन २०७९, शनिबार
2 Min Read
Aa

सुशील बस्नेत – दाङ

दशैं कोसेलीका साथमा मानव अधिकार तथा शान्ति समाजले अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाएको छ । मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले शनिबार ३१ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसलाई मानव सेवा आश्रममा आश्रित जेष्ठ नागरिक र आश्रीत ब्यक्तिहरुसँग मनाएको हो ।

उक्त आश्रममा आश्रित ६० बर्ष माथिका महिला तथा पुरुष गरि ११ जनालाई तरकारी, नुन तेल,चामल,मसला लगायतका खाद्यान्न बडा दशैंका अवसरमा कोसेली बाफत शान्ति समाजले उपलब्ध गराएको हो ।

No description available.

दिवसका अवसरमा तुलसीपुर स्थीत आश्रममा जेष्ठ नागरिक समाजका लुम्बिनी प्रदेश अध्यक्ष खुमानन्द अधिकारीले शान्ति समाज जस्तै अरुले पनि जेष्ठ नागरिकलाई सम्मान गरेको पाउँदा खुशी लागेको बताए।

शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेतले परिवार र राज्यबाट सम्मान नपाई सडकमा पुगेका जेष्ठ नागरिकलाई सरकारले बिशेष कार्यक्रम ल्याउनुपर्ने बताउदै परिवारबाट सडकमा पु¥याएका र बिभिन्न कारणले कसैबाट पनि देखवाल नपाएका ६० बर्ष माथि उमेरका जेष्ठ नागरिकका लागि सरकारले नै आश्रम बनाई औषधोउपचार लगायतका सुबिधा दिनुपर्ने बताए।

No description available.

शान्ति समाजका केन्द्रिय सचिब निर्मल नेपालीले संयुक्त राष्ट्र संघको महासन्धि र नेपालको संबिधान २०७२ को मौलिक हकमा ब्यबस्था गरिएका अधिकार सुनिश्चत गर्न माग गरेका छन् ।

बरिष्ठ अधिबक्ता डिल्लीराज धिताल,मानव सेवा आश्रम तुलसीपुरका संयोजक हिरु जोशी,आश्रममा आश्रीत जेष्ठ नागरिक छविलाल दर्जीले जेष्ठ नागरिकको हालको अबस्था र उनीहरुको आबश्यकता,नेपालको प्रचलित कानूनमा भएका ब्यबस्था लगायतमा चर्चा गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तब्य शान्ति समाज दाङका सदस्य निर्मला गौतमले र सहजिकरण सचिब अमृत प्रसाद शर्माले गरेका थिए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्