इटहरीका पूर्वमेयर द्वारिकलाल माओवादी केन्द्रमा प्रवेश

दाङ समाचार
दाङ समाचार १६ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं – सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

आइतबार बिहान चौधरीसहित नेकपा एमालेका नेता–कार्यकर्ताहरुलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्वागत गरे । इटहरी १७ घर भएका चौधरी २०४१ सालदेखि अनेरास्ववियुमा संगठित भएर राजनीतिमा लागेका थिए ।

२०७२ सालमा एमाले सुनसरी जिल्ला अध्यक्ष अध्यक्ष भएका उनी २०७४ को स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए । त्यसअघि २०६४ को पहिलो संविधानसभा सदस्य निर्वाचनमा उनी एमालेको समानुपातिक उम्मेदवार समेत थिए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्