दाङ – गुहार खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–६ गाइडर निबासी १४ वर्षका अविषेक भुसाल रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्ले जानकारी दिएका छन।
आइतबार दिउँसो ३:३० बजे उरहरी- जस्पुर कुलाको बाँधमा पौडी खेल्ने क्रममा अविषेक डुबेको प्रहरीले जानकारी दिएको छ। खोलाको गहिराई धेरै भएको कारण उनलाई ३ घन्टाको लामो प्रयास पछि मृत अबस्थामा भेटाईएको थियो।
शवलाई राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको प्रहरिले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्