स्वतन्त्र उम्मेदवारी दिने गंगा चौधरीको घोषणा

दाङ समाचार
दाङ समाचार २१ आश्विन २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – नेकपा एमालेका नेता गंगा चौधरी सत्गौवाले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

चौधरी दाङ १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुने दौडमा थिइन् । तर एमाले नेतृत्वले रेवतीरमण शर्मालाई उमेदवार बनाउने तयारी गरेपछि चौधरी असन्तुष्ट बनेकी हुन् ।

निवर्तमान सांसद समेत रहेकी चौधरीले क्षेत्र नम्बर १ मै स्वतन्त्र उम्मेदवारी दिने बताएकी छन् । ‘मेरो निर्वाचन क्षेत्रबाट म भन्दा क्यापेबल अर्को उम्मेदवार छैन । अझ बाहिरबाट ल्याएर उम्मेदवार बनाएपछि मैले स्वतन्त्र उम्मेदवारी दिने निर्णय लिएकी हुँ’, चौधरीले भनिन् ।

आफूले एमालेको सदस्यताबाट राजीनामा भने दिइनसकेको उनले बताइन् । ‘मैले पार्टीबाट औपचारिक राजीनामा दिएको छैन । राजीनामा नदिएसम्म पार्टी छाडेको भन्न मिलेन’ उनले भनिन् ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्