बाढीको भेलमा गाउँ डुब्यो, डुङ्गाबाट उद्धार गरिदै

दाङ समाचार
दाङ समाचार २१ आश्विन २०७९, शुक्रबार
1 Min Read
Aa

दाङ – लगातारको वर्षाका कारण दाङको लमही नगरपालिका वडा नं ८ धनपुरुवा गाउँ बाढीको भेलमा डुबेको छ । राप्ती नदीमा आएको बाढीले धनपुरुवा गाउँलाई डुवान पारेको हो । देउखुरी क्षेत्रका अधिकांश बस्ति डुबानमा परेका छन् ।

५० जनाभन्दा बढी गाउँबासी बाढीमा फसेका थिए, उनीहरुको उद्दार गरिएको शसस्त्र प्रहरी बल २९ नं गण भालुवाङका प्रमुख विनोद केसीले जानकारी दिए । उद्दारका लागि शसस्त्र प्रहरी र नेपाली सेनाको गरी दुई वटा डुङ्गा उद्धारमा परिचालन गरिएको थियो ।

आज दिउँसोदेखि उद्धारको काम शुरु गरिएको थियो । उद्धारका लागि हेलिकप्टर माग गरिए पनि प्रतिकुल मौसमका कारण हेलिकप्टर आउन सकेन ।

भेलमा फसेकाहरु घरको छत, रुखमा चढेर ज्यान जोगाउन बाध्य भएका छन् । लगातार बर्षा भइरहेको र पानीको बहाव नघटेका कारण उद्धारमा पनि समस्या भएको प्रहरीले जनाएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्