दाङ १ “ख” मा एमालेबाट शान्ता र गंगाले स्वतन्त्रबाट दिए उम्मेदवारी

दाङ समाचार
दाङ समाचार २३ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

दाङ – नेकपा एमाले दाङ क्षेत्र नम्बर १ ले पनि उम्मेदवारी दर्ता गराएको छ । प्रतिनिधि सभा सदस्य पदका लागि एमालेका सचेतक समेत रहनु भएका शान्ता चौधरीले उम्मेदवारी दर्ता गराउनु भएको छ, त्यस्तै दाङ १ क मा गंगाराम भट्टराई, ख मा कुल बहादुर केसीले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

भट्टराई भर्खरै राष्ट्रिय जनमोर्चा परित्याग गरि एमालेमा प्रवेश गर्नु भएको हो भने केसी लमही नगरपालिकाका संस्थापक नगर प्रमुख हुनुहुन्छ ।

त्यस्तै एमालेबाट टिकट पाउन नसकेपछि एमाले नेतृ गंगा चौधरीले स्वतन्त्र बाट उम्मेदवारी दर्ता गराउनु भएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्