राजनीति फिल्डका चतुर खेलाडी “कुलबहादुर”

दाङ समाचार
दाङ समाचार २४ आश्विन २०७९, सोमबार
4 Min Read
Aa

दाङ – नेकपा एमाले दाङ – १ नम्बर क्षेत्रले प्रदेश सभा “ख” का लागि कुल बहादुर केसीलाई उम्मेदवार बनाएको छ । प्रदेश “ख” मा टिकटका दावेदार अर्का नेता रतन कुमार केसी पनि थिए तर पार्टीले कुल बहादुर केसीलाई नै टिकट थमाएको छ । केसीले आइतबार लमही स्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरी सकेका छन् र प्रचारप्रसारमा समेत लागि सकेका छन् ।

२०७४ सालमा एमालेबाट लमही नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएका थिए । त्यति बेला कांग्रेसबाट नगर प्रमुखको उम्मेदवार बनेका जोगराज चौधरीलाई केसीले चौरासी मतले पराजित गरेका थिए । नगरपालिकाको प्रमुखमा निर्वाचित भएपछी नगरप्रमुखको पाइलट बनेर विमान उदाउने जिम्मा पाएका केसीले पांच वर्ष कार्यकाल सफलता पुर्वक सम्पन्न गरेर सुरक्षित साथ् अवतरण गरेका छन् ।

पाँच वर्षको दौरानमा नगरका हरेक बस्तीका जनतासंग प्रत्यक्ष जोडिन पुगेका केसी सबै सामु चिरपरिचित छन् । नगरका हरेक समस्याको जानकार भएका केसी राजनीतिक वृत्तमा निकै चतुर खेलाडी हुन् । विपक्षी पार्टीका कार्यकर्तालाई पनि आफूतिर आकर्षण गर्ने उनिसंग गज्जबको कला छ ।

कुलबहादुर केसीको परिचय
कुल बहादुर केसीको जन्म विं.सं. २०२७ साल असार १९ गते बुवा लाल बहादुर खत्री र आमा अमृता खत्रीको कान्छो छोराको रुपमा रोल्पा जिल्ला साविक गौरिगाउँ गाविस –५ हालको त्रिवेणी गाउँपालिका– ७ वर्तिवांगमा भएको थियो । उनको प्रारम्भिक शिक्षा श्री शुक्र प्रावि जुङ्लुङ, रोल्पाबाट शुरु भएको थियो । त्यसपछि कक्षा तीन देखि सात सम्म उनले नेपाल राष्ट्रिय निमावि हालको अरनिको माध्यामिक विद्यालय नुवागाउँ पढेका थिए ।

May be an image of 7 people, people standing and outdoors

त्यतिबेलाको कक्षा आठ जिल्ला स्तरीय हुने भएकोले दाङको नारायणपुर आएर सिद्द रत्ननाथ माध्यामिक विद्यालयमा भर्ना भएर कक्षा आठ त्यहि विद्यालयबाट पास गरे । कक्षा ९ पढ्नका लागि फेरी उनि रोल्पा फर्किएका थिए । रोल्पाको जनजागृति माध्यामिक विद्यालयबाट कक्षा ९ उतिर्ण गरेपछि कुलबहादुर फेरी दाङको नारायणपुर सिद्द रत्ननाथ माविमा भर्ना भए र विं.सं. २०४५ सालमा त्यस विद्यालयबाट उनले द्वितीय श्रेणीमा एसएलसी उतिर्ण गरे ।

घरको कान्छो छोरा, त्यसमाथि पनि त्यति बेलाको एसएससी पास गरेको सुन्दा परिवारमा खुसिको सिमा नै रहेन, बुवा आमा निकै खुसि भएर कान्छाले जता पढ्छु भन्छ उतै पठाउने भनेर बुवा आमा र दाजुहरुले भन्नु हुन्थ्यो’– केसीले भने । त्यो बेला रोल्पा, रुकुम, सल्यान, प्युठान सम्मका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि पायक पर्ने भनेकै दाङको महेन्द्र बहुमुखी क्याम्पस थियो र केसी पनि सोहि क्याम्पसमा भर्ना भए ।

May be an image of 6 people, people standing and outdoors

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन दाङ –१ ”ख” बाट नेकपा एमालेले उम्मेदवार बनाएको व्यक्ति कुलबहादुर केसीले अर्थशास्त्र विषयमा बिए उतिर्ण गरेका छन । विं.सं. २०४६ साल फाल्गुन ७ गते जना आन्दोलन शुरु भयो र उनि ८ गते देखि तत्कालिन नेकपा मालेको भातृ संगठन अनेरास्ववियु पाँचौंमा आबद्द भएर सक्रिय राजनीतिमा होमिए । राजनीतिमा सक्रिय भएपछी केसी रोल्पामा नेकपा मालेको नगर सुरक्षा समितिको सचिव भएर आन्दोलनमा सहभागी भएका थिए ।

बहुदल आएपछि संयुक्त राजनीतिक दलको बिजयी जुलुशको कार्यक्रममा अनेरास्ववियुका तर्फबाट केसीले सम्बोधन गर्ने अवशर प्राप्त गरेका थिए । “त्यो बेलाको मेरो भाषणले मेरो राजनीति हाइट बढाएको थियो’– केसी भन्छन । निडर र स्पस्ट बोल्न सक्ने दम राख्ने केसीले अनेरास्ववियुको साविक राप्ती अंचलको कोषाध्यक्ष भएर काम गर्ने मौका समेत पाएका थिए । २०५४ सालमा नेकपा एमाले रोल्पा जिल्ला कमिटि सदस्य बन्न सफल भए । त्यसपछि दाङ बसाई सराइ गरेपछि यता पनि सक्रिय राजनीति गर्दै आएका केसी एमाले दाङ जिल्ला कमिटि सदस्य, जिल्ला आर्थिक प्रमुख हुँदै लुम्बिनी प्रदेश कमिटि सदस्य र हाल नेकपा एमाले दाङ – १ को इन्चार्ज रहेका छन् ।

विं.सं. २०४८ सालमा केसी दम्पतिले शिक्षक सेवा आयोगले लिएको परिक्षामा नाम निकाल्न सफल जोडी हुन तर राजनीतिको नशा लागि सकेका केसीले जागिर त्यागेर राजनीतिलाई अंगाल्न पुगे, फलस्वरूप उनलाई राजनीतिमा सफलता मिल्दै आएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्