आजको मौसम – यि स्थानमा हुनेछ वर्षा

दाङ समाचार
दाङ समाचार २७ आश्विन २०७९, बिहीबार
1 Min Read
Aa
City commuters are seen through heavy rain, in Sydney, Tuesday, June 19, 2018. The Bureau of Meteorology have issued a severe weather warning for parts of the Hunter, Central Coast and Sydney, which in turn brought about a hazardous surf warning for the area as well. (AAP Image/Chris Pavlich) NO ARCHIVING

काठमाडाैँ – हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार आज राती प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानहरूमा र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्