प्रभु साहलाई सत्ता गठबन्धनको समर्थन

दाङ समाचार
दाङ समाचार २७ आश्विन २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं – नेकपा एमालेको टिकट छाडेर स्वतन्त्र उम्मेदावी दिएका प्रभु साहलाई सत्ता गठबन्धनले समर्थन गर्ने भएको छ । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनका अनुसार प्रभु साह उठेको रौतहट-३ साहलाई समर्थन गर्ने निर्णय भएको छ ।

सत्ता गठबन्धनको भागवण्डामा रौतहट ३ माओवादी केन्द्रको भागमा परेको थियो । सोही अनुसार माओवादी केन्द्रका तर्फबाट रवीन्द्र पटेल उम्मेदवार छन् । ‘पटेलजीलाई राजनीतिक रुपमा सम्झाएर प्रभु साहलाई समर्थन गर्ने निर्णय भएको छ।’ नेता पुनले भने ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्