अवैध पट्का बरामद गरि नष्ट गरियो

दाङ समाचार
दाङ समाचार २९ आश्विन २०७९, शनिबार
1 Min Read
Aa

दाङ – दाङमा सशस्त्र प्रहरीले अवैध पट्कका बरामद गरि नष्ट गरेको छ । शुक्रबार र शनिवार गरी पूर्वपश्चिम राजमार्गको धानखोला लमही सडकखण्डमा चेकजाँचको क्रममा अवैध पट्का फेला पारि बदामद गरिएको थियो ।

अवैध पटकालाई स्थानीय जनप्रतिनिधि, नागरिक समाज र प्रहरी प्रशासनको रोहवरमा नष्ट गरिएको सशस्त्र प्रहरी वल नेपाल नं २९ हेक्वा ज्वलामाई गण भालुवाङका प्रमुख विनोद केसीले जानकारी दिए । सशस्त्र प्रहरी निरीक्षक धनन्जय केसीको नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले विशेष सूचनाको आधारमा उक्त मुल्य बराबरका पट्का फेला पारेको थियो ।

सरकारले पट्का जन्य पदार्थ पटकाउन र जलाउन निषेध गरेको छ । नष्ट गरिएको ४२ प्रकारका पट्काको अनुमानित मुल्य चारलाख भन्दा बढी रहेको सशस्त्र प्रहरीले जनाएको छ । तीहार नजिकदै गर्दा स्थानीय व्यपारिले भारतको नाका हुँदै नेपाल ल्याएर लुकीछिपी पट्का विक्री गर्ने गर्दछन ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्