एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा सुधार

दाङ समाचार
दाङ समाचार २ कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ। निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालले अहिले अध्यक्ष ओलीको स्वास्थ्यमा पूरै सुधार भएको दाहालले जानकारी दिए। छन्।

हिजो अपरान्ह काठमाडौँबाट भद्रपुर विमानस्थल हुँदै आफ्नाे निर्वाचन क्षेत्र झापा ५ को दमक आइपुगेका ओलीलाई रुघाखोकीसँगै ज्वरो आएपछि पूर्व निर्धारित पत्रकार सम्मेलन लगायतका कुनै पनि चुनाव लक्षित कार्यक्रममा उनी उपस्थित हुन सकेका थिएनन्।

बुधबार बिहान ११ बजे क्षेत्र नं १ को धुलाबारीमा बृहत्त कार्यकर्ता भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने पूर्व निर्धारित कार्यक्रम छ।

यसैगरी, दिउँसो २ बजे दमकको रोयल पार्टी पार्टी प्यालेसमा क्षेत्र नं ५ स्तरीय बृहत कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गरिएको छ। सो कार्यक्रममा क्षेत्र नं ५ भरीका कार्यकर्ताहरुको उपस्थिति रहनेछ ।

३ गते नागरिकसँग भेटघाट कार्यक्रम आयोजना गरिएको छ। त्यसका लागि दमक ३ आमचोक र कलम गाउँपालिकाको केर्खामा जनतासँगको भेटघाट कार्यक्रम राखिएको दाहालले जानकारी दिए। अध्यक्ष ओली ३ गते दिउँसो भद्रपुरबाट काठमाडौँ फर्कने कार्यक्रम छ। देश सञ्चार

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्