दाङ – राजपुर गाउँपालिका-७ का बाढिपिडितलाई राहत बितरण गरेको छ । गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकी, उपाध्यक्ष धनपती देवि यादव सहितको टोली आफै वडा नम्बर ७ मा पुगेर राहत प्रदान गरेको अध्यक्ष बुढाथोकीले जानकारी दिए ।

यहि असोज २१ गते आएको भिषण बाढीले दाङ लगायत देशैभर हजारौं मानिसहरुलाई घरबार बिहिन बनाएको थियो । यसरी बाढीले विस्थापित बनाएका घरपरिवारलाई पहिचान गरि अध्यक्ष र उपाध्यक्ष यस क्षेत्रमा क्रियाशिल सामाजिक संघ संस्थाबाट उपलब्ध राहत लिएर बाढी पिडित क्षेत्रमा पुग्ने गरेका छन ।
आज गाउँपालिका अध्यक्ष बुढाथोकीको राहत टोलीले वडा नम्बर ७ मा बयालिस घरपरिवारलाई त्रिपाल, म्याट, रसरी, एक बोरा चामाल, तेल, बाल्टी, साबुन, दाल, नुन, झुल, चिउरा लगायतका सामाग्री बितरण गरिएको हो ।
राहत बाड्नुको साथ साथै विस्थापित क्षेत्रको स्थलगत अनुगमन निरीक्षण समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्