बारीभरी ढकमक्क सयपत्री फुल

दाङ समाचार
दाङ समाचार ४ कार्तिक २०७९, शुक्रबार
2 Min Read
Aa

दाङ – लमही नगरपालिका वडा नम्बर ५ काेलही निवासी किशोर शर्मा व्यवसायीक रुपमा पुष्प खेति गर्ने कृषक हुन । यतिबेला उनको बारीमा ढकमक्क सयपत्री फूलहरु फुलेका छन् । तिहार नजिक आइरहेको छ, तिहारलाई लक्षित गरेर गरेको व्यवसायिक पुष्प खेति अहिले तयारि अवस्थामा छ ।

शर्माले व्यवसायीक रुपमा पुष्प खेति गर्न लागेको झन्डै पांच वर्ष हुन् लाग्यो। उनले चितवनबाट बङाली नामक उन्नत जातको सयपत्री फुलका बिरुवा लिएर खेति गरेका छन । शर्माले सयपत्री फुल प्रतिकिलो चार सयका दरले बिक्री गर्ने गरेको बताए ।

‘चार वर्ष भयो यो खेती गर्न लागेको । शुरुमा घाटा लाग्यो । विचमा एक वर्ष ग्याप गरे। पछि फोन ग्राहकहरुले फोन गरेर फुल छ कि छैन भनेर खोज्न थालेपछि फेरी शुरु गरेको हुँ’-। यो वर्ष लगातार परेको असोजे झरीले भने केहि नोक्सान गरेको उनले बताए ।

थोरैबाट शुरु गरेका शर्माले अहिले दुई कट्ठामा फुल खेति गरेका छन् । दुई कट्ठामा अरु खेति गरे भने मुस्किलले ५/७ हजारको आम्दानी हुन्छ तर फुल खेतीमा सबै खर्च कटाएर विस हजार सजिलै बचत हुने उनको भनाई छ । व्यापारीले प्रति बिरुवा तीन रुपैयाँका दरले घरमै पुर्याइदिने गरेको छ’- शर्मा भन्छन ।

अन्य खेतीपाती भन्दा फुल खेति गर्दा त्यति गाह्रो नहुने उनको अनुभव छ । बिषादी छर्किन पर्दैन, मल, पानी आवश्यक छ, त्यो पनि थोरै मात्रामा भए पुग्छ । मैले मेरो बारीमा जुन प्रजातिको सयपत्री फुल रोपेको छु यो नब्बे दिनमा तयार हुन्छ । तिहारका लागि प्राय जसो साउनको पहिलो हप्ता रोप्ने गरिन्छ, यो नै समय नै तिहारका लागि उपयुक्त समय भएको शर्माले बताए ।

यस पटक शर्माले दुई कठ्ठा बारीमा पन्ध्र सय सयपत्रीका बिरुवा रोपेका छन । शुरुशुरुमा शर्मालाई सयपत्री फुल उत्पादन गर्दा कहाँ लगेर बिक्रि गरौँ भन्ने जस्तो भएको थियो अहिले घरमै लिन आउने गर्दछन भने स्थानीय बजारमै खपत हुने गरेको छ।

No description available.

No description available.

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्