दाङ – राजपुर गाँउपालिका २ बेलाका अग्निपीडित गणेश यादवलाई राहत प्रदान गरिएको छ । राजपुर गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकीले यादवको परिवारलाई खाद्यान्न उपलब्ध गराउनु भएको हो ।
तत्कालका लागि सहज होस् भनेर पिडित यादवलाई दुई बोरा चामल, दाल, नुन, तेल म्याटिस सहित नगद २० हजार रुपैयाँ प्रदान गरेको बुढाथोकीले जानकारी दिनु भयो । घरमुली गणेश र उनकी श्रीमती वैदेशिक रोजगारको सिलसिलामा नेपाल बाहिर रहेका छन् भने अहिले सो घरमा उनीहरुका दुई भाई छोराहरु बस्दै आइरहेका छन्।
आगलागी हुँदा यादवको खाद्यान्न तथा लत्ताकपडा सहित एउटा कच्चि घर पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्