दाङ – मामाघर हिडेका एक युवकको भिर बाट लडेर ज्यान गएको छ । ज्यान जानेमा रोल्पाको गंगादेव गाउँपालिका–५ झाँक्रीसल्ला भन्ने ठाउँमा भीरबाट लडेर वडा नंं ७ आराखोलाका २२ वर्षका अम्मर विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
विकको मंगलबार बेलुका साढे ६ बजेको समयमा भिरबाट लडेर ज्यान गएको प्रहरीको भनाई छ । उनी भीरबाट लडेको देख्ने स्थानीय वासिन्दाले प्रहरीलाई खबर गरेका थिए । घरबाट मामाघर हिँडेका विक बाटोमा भीरबाट १५० मिटर तल खसेपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्