रोल्पामा जिप दुर्घटना, तीनजनाको मृत्यु

दाङ समाचार
दाङ समाचार ९ कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

दाङ – रोल्पामा जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने अन्य तीन जनाको अवस्था गम्भीर भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए। उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइतेहरुलाई थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको प्रहरी निरीक्षक भुसालले बताए ।

रोल्पाको सुलिचौर देखि गजुल तर्फ जाँदै गरेको लु १ ज ३२३४ फोर्स जिप सुनिल स्मृति गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने कट्दहरा भन्ने स्थानमा आज दिउँसो पौने तीन बजेको समयमा दुर्घटना हुँदा उक्त जिपमा सवार घोराही उपमहानगरपालिका- ६ बस्ने विष्णु प्रसाद रिजाल, सोहि ठाउँ बस्ने नारायण प्रसाद रिजाल र साविक दाङको भालुवांग घर भई हाल रोल्पा नगरपालिका-३ बस्ने फाम्सी केसी रहेको रोल्पा प्रहरीले बताएको छ ।

उकालोमा जिप चढ्न नसकेको र ब्याक भएर दुर्घटना भएको प्रत्यक्षदर्सी स्थानीय व्यापारी आयुष खानाले बताए
। दुर्घटनाको थप विवरण आउँन बाँकी रहेको प्रहरीले बताएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्