मोटरसाइकलको ठक्करबाट दुई जना घाइते

दाङ समाचार
दाङ समाचार ९ कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

अरुण कुमार नेपाली

दाङ – मोटरसाइकलको ठक्करबाट देउखुरीमा २ जना गम्भिर घाइते भएका छन्। देउखुरीको राजपुर गाउँपालिका अन्तर्गत चंगुवामा रा३प ७०८६ नम्बरको मोटरसाइकलको ठक्करबाट राजपुर गाउँपालिका वडा नम्बर ५ का मोटरसाइकल चालक अन्दाजी २७ बर्षका अशोक चौधरी र राजपुर गाउँपालिका वडा नम्बर ४ का १८ बर्षका सुन्दर चौधरी रहेको इलाका प्रहरी चौकी चंगुवाले जनाएको छ ।

घाइते दुवै जनालाई उपचारका लागी लमही रेफर गरिएको छ । ठक्कर दिने मोटरसाइकललाई भने इलाका प्रहरी चौकी चंगुवाले नियन्त्रणमा लिएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्