५ नम्बर वडाध्यक्षको दुखद् निधन

दाङ समाचार
दाङ समाचार ११ कार्तिक २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाण्डौ – नेपालीहरुको दोस्रो ठुलो पर्व दीपावली हो, दिदि भाई दाजु बहिनीकोलागि अति महत्व मानिने यस चाडमा पवित्र टाढा टाढा रहेका दाजुभाई दिदीबहिनीहरु टिका थाप्न घर फर्किने गर्दछन । टिका थाप्दै दिर्घ आयु, स्वस्थ जीवनको कामना गर्ने गर्दछन ।

तर भाई टिकाकै दिन एक जना वडाध्यक्षको निधन भएको छ। मृत्यु हुनेमा गोरखा नगरपालिका वडानम्बर ५ का वडाध्यक्ष खिलबहादुर राना रहेका छन । भाइटीकाको दिन साँझ उनको निधन भएको हो । घरमै बसिरहेको बेला दिउँसो एक्कासी लडेर बेहोस भएपछि उनलाई गोरखा अस्पताल पुर्‍याइएको थियो ।

गोरखा अस्पतालका अनुसार अस्पताल पुग्नुअघि नै उनको निधन भइसकेको थियो । मृत्युको कारण भने अझै खुल्न सकेको छैन । युवा संघ नेपालका केन्द्रीय पदाधिकारी समेत रहेका उनी नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् । रानाको शव पोष्टमार्टका लागि गोरखा अस्पतालमा राखिएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्