दाङ – पांच दलिय गठबन्धनका साझा उम्मेदवार एवं दाङ – १ ‘ख’ का उम्मेदवार तथा नेपाली कांग्रेसका युवा नेता अनुराग खड्काले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनले बहुमत ल्याउने दाबी गरेका छन् । आगामी मङ्सिर ४ मा हुने निर्वाचनको तयारीमा सबैभन्दा व्यवस्थित ढंगले गठबन्धन अघि बढेको युवा नेता खड्काले बताउंदै । उनले दाङ १ ‘ख’ मा आफू सानदार ढंगले निर्वाचित हुने ठोकुवा गर्नु भएको छ ।
आफ्नो निर्वाचन क्षेत्र दाङ -१ ‘ख’ मा मतदाताहरुलाई सम्बोधन गर्दै उम्मेदवार खड्काले ‘जतासुकै भ्रष्टाचार व्याप्त छ, जहाँ जाऔं अस्तव्यस्त छ, अब यसलाई समाधान गर्न नसके झन् विकराल अवस्था आउने भएकाले मेरो पहिलो प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन हो,’ उहाँले भन्नु भयो ।
यस पटकको निर्वाचन मुलकमा राजनीतिक स्थिरता चाहने र स्थिरता नचाहनेहरु बीचको प्रतिस्पर्धा भएको भन्दै उनले जनताले उपयुक्त निर्णय गर्ने समय आएको युवा नेता खड्काको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्