सुशील बस्नेत
दाङ– संघिय र प्रदेश तह निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न प्रतिवद्ध रहेको दाङमा क्रियाशिल विभिन्न राजनीतिक दल, भातृ संगठनहरु र युवाहरुले बताएका छन् ।
संवाद समूह दाङले तुलसीपुरमा आयोजना गरेको संघिय र प्रदेश सभा सदस्यका लागि हुन गइरहेको आम निर्वाचनलाई शान्तिपूर्ण, भयरहित, मर्यादित, निष्पक्ष, धाँधलीरहित, विश्वसनिय बनाउनका लागि निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता कार्यान्वयन विषयक सम्वाद कार्यक्रममा मंगलवार सहभागिहरुले आचारसंहिता अक्षरसह पालना गर्ने प्रतिवद्धता जनाएका हुन् ।
साथै उनिहरुले भने,“निर्वाचन आयोगले तयार गरेको निर्वाचन आचार सहिंता निर्वाचनलाई निश्पक्ष, भयरहीत शान्तिपूर्ण बनाउनको लागि एक किसीमको कानून हो । कानूनलाई सबैले मान्नुपर्छ । पालना गर्नुपर्छ । त्यसैले हामी राजनितिक दलले पनि यो निर्वाचन आचार सहिंता पालना गर्नुपर्छ ।”
संवाद कार्यक्रममा नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगी, नेकपा एमाले दाङका जिल्ला सचिव मनोहर बुढाथोकी, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष मोहन थापा मगर, राप्रपा जिल्ला अध्यक्ष क्षेत्रबहादुर बस्नेत, रााष्ट्रिय जनमोर्चा जिल्ला सचिवालय सदस्य शुक्रराज भण्डारी, राष्ट्रिय जनमुक्ती पार्टी केन्द्रिय सदस्य रविन्द्रउच्च नेपाली, चहरमान थारु, राष्ट्रिय जनमुक्ती पार्टी नेपालका सदस्य लहानु थारु, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति ओपेन्द्र दाहाल, मंगोल नेशनल अर्गनाइजेशनका जिल्ला संयोजक प्रिन्स घर्ती मगर, नागरिक उन्मुक्ती पार्टीका जिल्ला अध्यक्ष कुमार चौधरी, लोकतान्त्रीक समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष निर्मला वली तथा सचिव विवेक वली, नेपाल तरुणदलका अध्यक्ष टीकाराम घर्ती, नेकपा एमालेका भातृ संगठनका प्रतिनिधि, वाइ.सि.एल. दाङका संयोजक माधव बुढाथोकी, राप्रपा युवा संगठनका संयोजक अमर कृष्ण हमालले राजनीतिक दल र मातहतका भातृसंगठनका लागि बनाइएको निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न र गराउन आफूहरु र आफ्नो पार्टी प्रतिवद्ध हुने बनाए ।
उनिहरुले आचारसंहिता समयानुकुल बनाइएको र राजनीतिक दलका मानिसहरु पनि पहिलेको भन्दा अझ जागरुक भइसकेकोले पहिलेको जस्तो मारकाट नहुने साथै सबै राजनीतिक दलहरु एक आपसमा स्वहार्दपूर्ण वातावरणमा आ-आफ्नो राजनीतिक गतिविधिहरु सञ्चालन गरिरहेको जानकारी गराउनु भयो ।
कार्यक्रममा संवाद समूहका सदस्य तथा वरिष्ठ अधिवक्ता विष्णुमणी धितालले निर्वाचन आचारसंहिता २०७९ वाचन गर्नुभएको थियो भने संवाद समूहका सदस्य कमला जिसीले सबैलाई सक्रिय सहभागिताका लागि धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रमको संचालन संवाद समूहका सदस्य तथा बैकल्पिक सहजकर्ता निर्मल नेपालीले गर्नुभएको थियो ।
प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनलाई मर्यादित, विश्वसनीय, शान्तिपूर्ण बनाउन संवाद समूहले विभिन्न समय, तह र पक्षहरुसँग संवाद कार्यक्रमहरु सञ्चालन गर्दै आएरहेको छ ।
यस अघिपनि संवधिान सभा निर्वाचन, स्थानीय तह निर्वाचन र संघिय निर्वाचनलाई मर्यादित, विश्वसनीय, शान्तिपूर्ण निर्वाचनका लागि संवाद कार्यक्रम सञ्चालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्