दाङ– बंगलाचुली गाउँपालिकाले यही १८ गतेदेख गाउँपालिकाभित्र मालवाहक गाडी संचालनमा रोक लगाउने भएको छ ।
असोज तेस्रो हप्ता परेको पानीले ठाउँ ठाउँमा सडक भत्किएको तथा पहिरोका कारण क्षति भएकाले गाउँपालिकाले मंगलबार १५ गते एक सूचना निकालेर तत्कालका लागि ठूला मालवाहक गाडी संचालनमा रोक लगाएको हो ।
सडक मर्मतको काम सकेर अर्को सूचना नआएसम्मका लागि गाउँपालिकाको सडक निर्माण कार्यका लागि बाहेकका टिप्पर, ट्रकलगायत ठूला मालवाहक गाडीलाई अल्पकालीन रुपमा सञ्चालनमा रोक लगाएको सूचनामा उल्लेख छ ।
मालवाहक गाडी टिप्पर, ट्रक जस्ता ठूला गाडीहरुलाई अल्पकालीन रुपमा सञ्चालनका लागि रोक लगाएको गाउँपालिका अध्यक्ष तुलसीराम पुनमगरले बताए ।
अनुमति बिना अटेर गरी गाडी नचलाउन पनि उनको आग्रह छ । बंगलाचुली गाउँपालिकाभित्र विभिन्न सिमेन्ट उद्योगका लागि चाहिने चुनढुंगा खानी रहेको र चुनढुंगा बोक्न सयौँ टिप्पर चल्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्