दाङ-१”ख” प्रचारप्रसार संयोजकमा गजमेर

दाङ समाचार
दाङ समाचार १७ कार्तिक २०७९, बिहीबार
1 Min Read
Aa

दाङ– आसन्न मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर नेपाल दलित संघ दाङको बैठक बिहिवार लमहीमा सप्पन्न भएको छ ।

नेपाल दलित संघ दाङका अध्यक्ष बाबुराम विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले दाङ -१ प्रदेश “ख” मा चुनाव प्रचारप्रसार समिती गठन गरेको छ । जस्को संयोजकमा प्रिया स्मृती गजमेर रहनु भएको छ ।

पत्रकार गजमेर संयोजक रहेको समितिमा ५५ सदस्यीय प्रचारप्रसार समिती गठन गरिएको हाे । समितिकाे सदस्यमा रिता विक, कलसिंह विक लगायत रहेकाे नेपाल दलित संघ दाङका अध्यक्ष बावुराम विश्वकर्माले जानकारी दिनु भएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्