काठमाण्डौ – प्रधानमन्त्री तथा कांगेस सभापति शेरबहादुर देउवाले भाषण गर्दैमा नेपाली भूमि फिर्ता नहुने बताउनु भएको छ । केपी ओलीले दार्चुला गएर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता नआउने देउवाको भनाई छ ।
शनिबार डडेल्धुराको अजयमेरु गाउँपालिकास्थित चुनावीसभालाई सम्बोधन गर्दै देउवाले भन्नु भयो, ‘दार्चुला गएर भाषण गरेर लिम्पियाधुरा आउँछ ? कूटनीतिक माध्यमबाट आफ्नो भूमि फिर्ता ल्याउने हो। भाषणमा त काठमाडौं बसेर भारत नै हाम्रो भनिदिन सक्छौँ।’
यसैगरी उनले माओवादी र कांग्रेस मिले सुदूरपश्चिमको विकास छिटो हुने आश्वासन दिनु भयो । आफू पाँचौपटक प्रधानमन्त्री भइसकेको र डडेल्धुराको विकासमा लागिरहेको बताउँदै केही काम गर्न भने बाँकी रहेको उहाँको भनाई छ ।
डडेल्धुरासँगै समग्र सुदूरपश्चिमको विकासका लागि आफू लागिरहेको बताउँदै प्रधानमन्त्री देउवाले बोल्नु भन्दा पनि काम गरेर देखाउनुपर्ने बताउनु भयो । प्रधानमन्त्री देउवा बिहिवार देखि जिल्लाका विभिन्न ठाउँमा भईरहेका चुनावी सभालाई सम्बोधन गर्न डडेल्धुरा हुनुहुन्छ । देश सञ्चार

प्रतिक्रिया दिनुहोस्