काठमाण्डौ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङलाई पत्नी शोक परेको छ। गुरुङकी श्रीमती शिरमाया गुरुङको आइतबार बिहान ५ः२० बजे फोक्सोको क्यान्सरका कारण निधन भएको हो।
विसं २००५ भदौमा स्याङ्जाको भिरकोटमा उनको जन्म भएको थियाे। उनका तीन छोरा र दुई छोरी छन्। उनको सोमबार दिउँसो १२ः३० बजे गुरुङ संस्कारअनुसार देवघाटमा अन्त्येष्टि गरिँदैछ। कांग्रेस चितवनले शिरमायाको निधनप्रति दुःख व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्