मंसिर ४ पछि गठबन्धनकै नेतृत्वमा सरकार बन्छ- अनुराग खड्का

दाङ समाचार
दाङ समाचार २० कार्तिक २०७९, आईतवार
1 Min Read
Aa

दाङ – नेपाली काङ्ग्रेसका युवा नेता, पाँच दलिय गठबन्धनका साझा उम्मेदवार अनुराग खड्काले निर्वाचन पछि गठबन्धनकै नेतृत्वमा सरकार बन्ने दावी गर्नु भयो ।

साझा गठबन्धनले लमही नगरपालिका -३ मा आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार खड्काले सो कुरा बताउनु भएको हो ।

आसन्न मंसिर ४ गते हुन लागेको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनमा पाँच दलिय गठबन्धनबाट उम्मेदवार बन्नु भएका युवा नेता खड्काले आगामी निर्वाचन गठबन्धनले जिते जनताका समस्या समाधान हुने बताउदै गठबन्धनका पक्षमा मतदान गर्न पनि आग्रह गर्नु भएको छ ।

जनताको आँखामा छारो हालेर चुनाव जित्ने अनि चुनाव जितेर काठमाण्डौ छिरेपछि फर्केर नआउने नेताहरु चिन्नु पर्ने बेला आएको उम्मेदवार खड्काको भनाई छ ।

दाङ -१ प्रदेश “ख” मा पाँच दलिय गठबन्धनले आफ्नो निर्वाचन क्षेत्रमा चुनावी अभियानलाई तिब्रता दिएको छ । जनता पनि युवा उम्मेदवार पाएपछि उत्साहित भएका छन ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्