दाङ -१ प्रदेश “ख” का उम्मेदवार अनुराग सिमा क्षेत्रमा

दाङ समाचार
दाङ समाचार २१ कार्तिक २०७९, सोमबार
1 Min Read
Aa

दाङ -१ प्रदेश “ख” का उम्मेदवार चुनावी प्रचारप्रसारका लागि सिमा क्षेत्रमा पुग्नु भएको छ ।

मंसिर ४ मा हुन लागेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि मतदातासंग भेटघाट र मत माग्नका लागि उहाँ स्थानीय नेता तथा कार्यकर्ताका साथमा प्रदेश “ख” अन्तर्गतका खांग्रा नाका, अडबेरुवा,बैरवा, गौरिया, गन्धेला,छेग्रीया, डगमारा, सिउरेनी, गम्भिरा, सुनपथरी, सुकैया लगायतका बस्तिका स्थानीयसंग भेटघाट गर्ने र यहाँका स्थानीयका समस्या प्रत्यक्ष बुझ्ने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्रका राजपुर गाउँपालिका इन्चार्ज चक्र बहादुर खड्काले जानकारी दिनु भयो ।

नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहनु भएका अनुराग खड्का मंसिर ४ गतेको निर्वाचनमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, लोसपा सहितको पाँच दलिय गठबन्धनबाट साझा उम्मेदवार बन्नु भएको छ ।

नेपालको राजनीतिमा युवाहरुको माग बढे संगै काङ्ग्रेसका प्रभावशाली स्वर्गीय नेता खुमबहादुर खड्का पुत्र अनुराग खड्काको पनि नेपाली राजनीतिमा “इन्ट्री” भएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्