सिमा क्षेत्रमा राज्यको ध्यानाकर्षण गराउने छु- अनुराग खड्का

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २२ कार्तिक २०७९, मंगलवार
1 Min Read
Aa

दाङ – नेपाली काङ्ग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि, दाङ १ “ख” गठबन्धनका साझा उम्मेदवार अनुराग खड्काले सिमाक्षेत्रको अवस्था देख्दा दु:ख लागेको बताउनु भयो ।

“यो क्षेत्रमा मैले यथासक्य राज्यको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्दछु”- उहाँले भन्नू भयो । त्यस्तै उहाँले सो क्षेत्रमा बसोबास गर्ने नेपालीहरुलाई राज्यले पहिलो प्राथमिकतामा राख्नु पर्ने बताउनु भयो ।

मंसिर ४ मा हुन लागेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै सिमाबासीसंग भेटघाट तथा मत माग्न सिमा क्षेत्रमा पुग्नु भएका युवा नेता खड्काले सो कुरा बताउनु भएको हो ।

युवा नेता खड्काले भन्नू भयो “सिमा क्षेत्रमा सिपाही बनेर नेपालको भु-भाग रक्षा समेत गर्नु भएको छ, यदि तपाईंहरु यो सिमामा नभएको भए आज सम्म भारतले यो क्षेत्र आफ्नो कब्जामा ल्याइ सक्थ्यो’ ।

राजपुर गाउँपालिका वडा नम्बर ५,६ र ७ का सिमा क्षेत्रमा बसोबास गर्ने सिमाबासीलाई सम्बोधन गर्दै यो क्षेत्रमा स्वास्थ्य, सडक, विद्युत, सञ्चार जस्ता अत्यावश्यक कुराहरुलाई आफुले ध्यान दिने प्रतिबद्धता जनाउनु भएको छ ।

कार्यक्रममा उपस्थित नाकाबासी जनताले नाका क्षेत्रलाई विकास गरेर राज्य भएको अनुभुती आफुहरुले गर्न पाउनु पर्ने माग राक्नु भएको छ । स्थानीय नेता कार्यकर्ताका साथमा हिज कार्तिक २१ गते राजपुरको खंग्रा पुग्नु भएका नेता खड्का आज कार्तिक २२ गते भैंसाही नाकाको कार्यक्रम सकेर लमही फर्किने कार्यक्रम रहेको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्