धनुषा- ३ मा गठबन्धनका उम्मेदवार निधि, झा र साहविरुद्ध उजुरी दर्ता

दाङ समाचार
दाङ समाचार २३ कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

काठमाण्डौ – निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै धनुषा क्षेत्र नंं ३ का सत्ता गठबन्धनका उम्मेदवारहरूविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ।

विद्यापति स्मारक पर्वका संरक्षक चन्द्रमोहन चौधरीले उम्मेदवारी खारेजीको माग गर्दै जनकपुरधामस्थित मुख्य निर्वाचन अधिकृतका कार्यालयमा उजुरी दर्ता गराएका हुन्।

आइतबार जनकपुरधाममा सम्पन्न विद्यापति स्मृति पर्वमा प्रमुख अतिथिको रूपमा नेपाली कांग्रेसका नेता तथा धनुषा क्षेत्र नंं. ३ बाट समानुपातिक उम्मेदवार रहेका विमलेन्द्र निधि, विशिष्ट अतिथिमा प्रत्यक्ष उम्मेदवार अनिलकुमार झा र ३ (ख) का उम्मेदवार प्रमेश्वर साह सहभागी भएका थिए।

सोही अवसरमा लिइएको तस्विर एवं भिडियोमा आफ्नो मञ्जुरीबिना उम्मेदवारहरूले आ-आफ्नो पार्टीको चुनाव चिन्ह लगाएर चरित्र हत्या गर्ने प्रयास गरेको भन्दै चौधरीले उजुरी दिएका हुन्।

अनिल झा सचिवालय नामक फेसबुक पेजबाट भिडियो क्लिप बनाई समाजिक संजालमा शेयर गरेकाले यो निर्वाचन आचारसंहिता २०७८ को दफा ४ को (क) (ख) (ग) (घ) (ङ), (ज),(ञ) ,(ट), (ड),(ढ) को कानूनी व्यवस्थाअनुसार उम्मेदवारहरूमाथि कारबाही गरी कानुन बमोजिम मनोनयन खारेजीलगायत दण्ड सजाय समेत गरी पाऊँ भनी चौधरीले उजुरी दिएका हुन्।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्