दाङ – नेपाली कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि, दाङ -१ ‘ख’ अन्तर्गत पांच दलिय गठबन्धनका साझा उम्मेदवार अनुराग खड्काले आफु जहाँ पुग्यो त्यहाँ गुनासै गुनासा आउने गरेको बताउनु भयो। निर्वाचन जितेर नेताज्यूहरुले अहिले सम्म के गरेर बस्नु भएछ ? यो जान्न मन छ’- उहाँले भन्नु भयो ।
चुनावी सभालाई सम्बोधन गर्न प्रदेश सभा ‘ख’ का विभिन्न वडामा पुग्नु भएका युवा नेता, गठबन्धनका साझा उम्मेदवार खड्काले संविधान र लोकतन्त्रको रक्षा, देशमा शान्ति अमन चयन कायम गर्न, देशको अर्थतन्त्र बलियो गराउन, देशलाई निकास दिन र विकास गर्नका लागि गठबन्धन गर्नु परेको पनि मतदातालाई जानकारी गराउनु भएको छ ।
दाङ निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धनका सबै उम्मेदवार युवा भएको, जोश जाँगर लिएर देश निर्माणमा लाग्ने अठोट लिएर राजनीतिमा होमिएको भन्दै अब देशलाई सहि दिशा तर्फ लैजानका लागि युवा बर्गको आवश्यकता देशलाई खड्किएको उम्मेदवार खड्काको भनाई छ ।
चुनाव केन्द्रित कार्यक्रमलाई सम्बोधन गर्न हामी विभिन्न बस्तीमा पुगेर कार्यकर्तालाई साक्षी राखेर विकास गर्छौं, भनेर प्रतिबद्दता समेत गरेका छौं, हामीले ति काम मङ्सिर ४ पछि कुनै पनि हालतमा गर्नु पर्छ’- खड्काले भन्नु भयो । अझै सम्म जनताले स्वच्छ पिउने पानी पाउन सकेका छैनन्, बिजुली बत्ति पाउन सकेका छैनन्, स्वास्थ्य उपचार पाउन सकेका छैनन्, आज सम्म यो क्षेत्रबाट नेतृत्व गर्ने नेताले के काम गर्नु भएछ सोध्न मन लाग्यो’- युवा नेता खड्काले भन्नु भयो ।
दाङ- १ को विकासका लागि आसन्न मङ्सिर ४ गते हुन् लागेको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनमा गठबन्धन बाट उम्मेदवार बन्नु भएका मेटमणि चौधरी, इन्द्रजित थारु र आफुलाई मतदान गरेर सहयोग गरिदिन खड्काले आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्