दाङ – नेपाली कांग्रेसका युवा नेता, केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा दाङ -१ प्रदेश ‘ख’ बाट पाँच दलिय गठबन्धनका साझा उम्मेदवार अनुराग खड्काले युवावर्ग सचेत हुनु पर्ने बेला आएको बताउनु भयो। ‘हामीले दाङ १ मा सबै गठबन्धनका उम्मेदवार जिताउनु पर्ने भएको छ, त्यसकारण उक्त महा संग्राममा सबै दत्तचित्त भएर लाग्न पनि म सबैमा अनुरोध गर्दछु’- उहाँले भन्नु भयो ।
लमहीका विभिन्न वडामा आयोजित गठबन्धनका चुनावी सभालाई सम्बोधन गर्दै युवा नेता खड्काले गाउँ घरमा रहनु भएका सिधासादा बुवा आमालाई फेरी पनि भ्रममा पारेर आफ्नो स्वार्थ पुरा गर्नका लागि केहि साथीहरु लागेकोले त्यस्ता गलत क्रियाकलाप गतिविधिलाई रोक्नका लागि युवा शक्तिनै लाग्नु पर्ने बताउनु भयो ।
काम गरेर जनताको मन जित्नु पर्ने ठाउँमा लोभ लालच देखाएर भोट माग्ने ! जनताको भोट पाउनलाई लाखौँ करोडौं खर्च गर्ने अनि त्यहि पैसा अशुल्नका लागि फेरी जनताको धाद सकिने गरि भ्रष्टाचार गर्ने ? यो कस्तो सस्कार हो ?
चुनावी सभालाई सम्बोधन गर्दै जब सम्म थोरै पैसामा चुनाव जित्ने बातावरण बन्दैन तब सम्म देशमा भ्रष्टाचार यथावत रहन्छ, गरिव जनताले राजनीति बाट सधै टाढा हुनु पर्ने छ, त्यसकारण पैसामा भोट किन्न आउने भ्रष्टाचारीलाई गाउँ पस्न नदिनुस्, पुरै गाउँ शिल गरेर राख्नुस’- खड्काले भन्नु भयो ।

प्रतिक्रिया दिनुहोस्