काठमाण्डौ – भोजपुरको पौवादुङमा गाउँपालिका-२ को तिवारी भन्ज्याङमा सत्ता गठबन्धनको चुनावी सभास्थल नजिकै बम विस्फोट भएको छ ।
सत्तारुढ गठबन्धनले सभा गरेको ठाउँ भन्दा २०० मिटर टाढा एउटा होटलको अगाडि विस्फोट जिल्ला प्रहरी कार्यालयका डीएसपी शरद थापाले जानकारी दिए ।
विस्फोटमा परेर १ जना घाइते भएका छन् । घाइतेको खुट्टामा चोट लागेको छ । यसबारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
यो सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत सहभागी हुने तयारी छ । तर उनी कार्यक्रमस्थलमा नपुग्दै विस्फोट भएको हो । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्