दाङ – डिभाईन टेम्पल एकाडेमी तुलसीपुरले नेपाल लाई साफ च्याम्पियनसिप U-15 महिला फुटबलको उपाधी दिलाउने पदकधारी खेलाडीहरुलाई सम्मान गरेको छ ।
स्थापना कालदेखी शिक्षा संगै खेलकुद लाई उच्च प्राथमिकतामा राखेको बिधालयले लक्ष्य र उदेश्य अनुरुप विद्यालयमा अध्ययनरत बिद्यार्थीले रास्ट्रीय अन्तरास्ट्रिय स्तरमा विद्यालय र सिङ्गो जिल्लाको सान र गौरव लाई उच्च बनाएको भन्दै राष्ट्र लाई उपाधी दिलाउने विद्यालयमा अध्ययनरत राधिका वली र तुलसीपुर निवासी अञ्जना पुन मगर लाई सम्मान गरेको हो ।
उनिहरुले बाङ्लादेशमा भर्खरै सम्पन्न साफ च्याम्पियनसिप U-15 महिला फुटबलमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै शानदार प्रदर्शन गरेका उनीहरु जनही साढे सात पाँच लाख पुरस्कार प्राप्त गर्न सफल भएका थिए ।
विद्यालयले नेपाललाई उपाधी दिलाएर फर्केका दाङका दुई खेलाडीहरु राधिका वलि र अन्जना पुन मगर त्यस्तै ९ औं राष्ट्रिय खेलकुद अन्तरगर फुटबल प्रतियोगितामा लुम्बिनीप्रदेश बाट प्रतिनिधित्व गर्दै सहभागि भएकी संगिता विक, दीपा पुन मगर, जुना छिनाल, टिका केसी प्रशिक्षक सुधिर गुरुङ लाई एक साथ गाडिमा राखेर बाजागाजा सहित भब्य स्वागत गर्दै तुलसिपुरको बजार परिक्रमा सहित बाहिनी चौकमा आयोजित कार्यक्रममा सम्मान गरिएको थियो ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथी नेशनल प्याब्सनका केन्द्रीय सहअध्यक्ष सुवास न्यौपानेले विद्यालयले शिक्षा संगै खेल क्षेत्रमा पनि अब्बलता हाँसिल गर्नुपर्ने बताउनुभयो ।
खेल क्षेत्र राष्ट्रको गौरव अनि शान हो मुलुकलाई विश्वभर चिनाउने एक मात्र दरिलो माध्यम पनि खेल क्षेत्रनै हो यसर्थ सिङ्गो खेल क्षेत्रमा राज्यको लगानी र खेलाडीलाई उचित सम्मान गर्नुपर्ने बताउनुभयो ।
“हाम्रा विद्यार्थीहरु साफ गेम खेलेर फर्केपछि हामी थप उत्साहित भएका छौं, हाम्रा उत्पादनहरु देशको प्रतिनिधित्व गर्ने साफ गेम खेल्न सफल हुनु हाम्रालागि गर्वको कुरा हो”, विद्यालयका संस्थापक निर्देशक भोजराज न्यौपानेले भन्नुभयो“हामी किताबी ज्ञान मात्रै होईन्,प्रयोगात्मक शिक्षा पनि दिन्छौ, भन्ने कुरा यसले प्रमाणित गरेको छ ।”
कार्यक्रममा जिल्ला खेलकूद विकास समितिका अध्यक्ष राज कुमार पोख्रेल हमाल,एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष सुवोध डाँगी लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । विद्यालयका संस्थापक निर्देशक भोजराज न्यौपानेको अध्यक्षतामा भएको थियो ।
विद्यालयका शिक्षक आकाश सिंहको स्वागत रहेको कर्यक्रमको सहजीकरण प्रिन्सिपल कुलानन्द अधिकारीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्