नवराज सुवेदी मून
लोकतन्त्रको एउटा सबै भन्दा ठुलो सुन्दरता भनेकै आवधिक निर्वाचन हो । शक्तिको केन्द्रमा बसेर राज्य सत्ताको बागडोर सम्हाल्ने एवं राज्यको नीति र्निमाण तहमा पुग्ने राजनीतिककर्मीहरु पुनह जनताको विचमा परिक्षण हुने एवं नयाँ नेतृत्वहरु थपिने एउटा अभुतपूर्व, आम मानिसको हातमा सत्ताको चावि आउने पर्व हो ।
संसारका चुनावमा देखिएका पूजीवादी एवं पैसाहुनेहरुको हस्तक्षेप र गलत अभ्यासका परिपाटीहरु पनि चुनावमा पछिल्ला दशकमा पुरा विश्वले व्यहोरिरहेको छ । तर चुनावी अभ्यासका नराम्रा परिपाटीहरुवाट संसारभरका विकसित राष्ट्रहरु देखी विकासशिल राष्ट्रका जनताहरुले निर्वाचन पछिको परिणाम र नेतृत्वले समाज एवं राष्ट्रलाई दिने योगदानको अवस्थालाई बुझ्न थाले, जसका कारण चुनावी यात्रामा जनताहरु राजनीतिककर्मीहरु भन्दा एक कदम अगाडी बढेको देखिन्छ ।
टे«ेन्डको विकास ः पार्टी भन्दा पनि व्यक्ति हेर्ने परिपाटी
जसरी समुन्द्रमा पानीको वहाव सँगै केन्द्रवाट छालको लहर आफ्नो अस्तित्वलाई किनारा सम्म पुराउछ, ठिक त्यसै गरि जनताको चेतनाको छालले राज्य निर्माताहरु, क्षमतावान, उत्तरदायि र समुदायका लागी आफुलाई समर्पण गर्ने स्वभावका हुनुपर्छ भन्ने मान्यतालाई स्थापित गर्न खोजेको देखिन्छ । यसका साथ साथै गोप्य मतदानका कारण एउटा मानिसलाई कुनै पनि कुराको सिमा भित्र परेर वा बन्धनमा परेर भोट दिनुपर्ने बाध्यता नै हुदैन । खुसी मनका साथ, आफ्नो ब्रम्ह्रले जे देख्छ, जस्लाई योग्य देख्छ, त्यसलाई भोट दिनुपर्छ भन्ने मान्यताको अभ्यास खास गरि नेपालमा एउटा छाल जस्तै गरेर बढीरहेको छ ।
गत बर्ष नेपालमा भएको स्थानिय तहको र्निवाचनले चुनाव मार्फत अवका दिनमा जनताले राजनीतिमा पुस्तान्तरण एवं तिब्र विकासको क्रममा रहेको समाज लाई सम्वोधन गर्न सक्ने क्षमता भएको नेतृत्व खोजेको कुरा उदाहरण स्वरुप काठमाण्डौ महानगर, धरान र धनगढी उपमहानगरको नेतृत्व प्रति विश्वास गरेर देखाइदिए । त्यो वाहेक देशव्यापी रुपमा गतिशिल समाजको क्षमतालाई बुझ्ने खालका नेतृत्वहरु लाई जनताले राजनीतिको मैदानमा हौशला दिइरहेका छन ।
स्वतन्त्र उम्मेदवारहरु, बालेन, हर्क , गोपि हमाल ः
राजनीतिमा बर्षौ सम्म राजनीतिक अभ्यासमै लागेको मान्छे मात्र योग्य होइन, जो सुकै साधारण मानिसहरु पनि योग्य छन, काम गर्ने इच्छाशक्ति र भिजन छ भने, सिधै राजनीतिक नेतृत्वको बागडोर सम्हाल्न सक्छन भन्ने उदाहरण स्थानिय निर्वाचनमा खासगरि शहरी क्षेत्रका शिक्षीत मतदाताहरुले दिएको निर्वाचन परिणामले देखाएको छ । जुन मतदाता पूर्णरुपमा आत्मर्निभर अनि शिक्षित छन , जस्ले विश्वलाई बुझ्ेका छन । ति र त्यस्ता मतदाताहरु पार्टीको घेरा भन्दा माथी उेठेर मतदानको परिणामलाई अनपेक्षित बनाउन ठुलो योगदान दिए । जस्का कारण, स्थानिय निर्वाचनमा देखिएको यूवा सहभागीताको उर्जा, राजनीतिमा यूवा वर्गको प्रवेशक्रमले निर्वाचनको माहोललाई नै फरक बनाइदिएको छ ।
चुनावि यात्रा र बोर्डरका कुरा
स्थानिय निर्वाचनमा देशका विभिन्न स्थानमा २ दर्जन भन्दा बढी स्थानिय जनप्रतिनिधिहरुको चुनावि रणनीति बनाउदै गर्दा, स्थानिय समुदायहरु सँग साक्षात्कार गर्दै गर्दा, थुप्रै कुराहरुले चुनावको बातावणलाई प्रभावित तुल्याउने कुराको प्रत्यक्ष अनुभव गर्न पाईयो । विषयगत कारण, बस्तुगत कारण, भौगोलिक कारण, आर्थिक, सामाजिक, साँस्कृतिक, जातिय कारणहरु त सामान्य भइरहेको परिपेक्षमा एउटा नयाँ अनुभव भने रोचक रहयो ।
नेपाल भारत सिमाना क्षेत्रमा सुदुर पश्चिम देखि पूर्वको जनकपुर सम्मको यात्रामा धेरै स्थानमा, वारीका भोटलाई निर्णायक मोडमा पुर्याउने भोटहरु पारीका पनि हुँदारहेछन भन्ने कुरा देखियो । कुनै ठाँउमा ५सय पचास , कुनै ठाँउमा ८सय ३० कुनै ठाँउमा १२सय, १४ सय सम्म भोटहरु पारीका भोटहरु रहने र उनिहरुका माग लाई खुसीपार्ने प्रतिष्पर्धामा उत्रेका उम्मेदवारले र्निवाचन जितने आँकलन गरिदोरहेछ ।
पारीका भोटका ठेकेदार हुँदारहेछन कुनै ठाँउमा १ जना कुनै ठाँउमा २,३ जना उनिहरुलाई राजनीतिक दल, सिद्धान्त भन्दा पनि कस्ले नेपालभारत सिमामा हुने व्यवसायजन्य क्रियाकलापमा सहयोग गर्ने बाचा जस्ले गर्छ उस्लाई भोटहाल्ने परिपाटी पछिल्ला दशकमा अभ्यासमा आएको रहेछ । यसको मुल चुरो कुरो कसरी सुरुवात भयो भन्ने विषय, निर्वाचन सम्वन्धी यस पछि आउने लेखमा समावेश गर्ने छु ।
यिनै परिभेषहरुमा रुमल्लीदै गर्दा विभिन्न ठाँउमा ठक्कर खाइरहँदा हामीले भोगेका अनुभव र अध्ययन पछि जव चुनावको नतिजाहरु देखिए, हामी यो कुरामा पुरा विश्वस्त रहयौ । र्निवाचन अभिमत मात्र होइन, अभिमत लाई आफ्नो पोल्टामा पार्न गरिने खेल पनि हो ।
अभिमतलाई आफ्नो पक्षमा ल्याउन, अनेकन किसिमका खेलहरुको अभ्यास समाजमा हुँदोरहेछ । हरेक चुनावहरुमा दलहरु खेलका नयाँ नयाँ मोडल लिएर जनताको विचमा आउनेक्रम निरन्तर छ । चुनावी खेललाई कसरी बुझ्ने ? अव नेपालमा आम जनताले राजनीतिकर्मीहरुको चुनावी खेललाई कसरी बुझने भन्ने प्रश्न ज्वलन्त बनेको छ ।
जुन दिन हामीहरु चुनावी खेल र यसका नियमहरुलाई राम्रो सँग बुझ्ने छौ त्यो दिन नेपाल एउटा ठुलो परिर्वतन र संबृद्धिको यात्रामा बेजोडले लम्कने छ । सिङ्गो नेपाललाई हेर्ने हो भने मुख्य शहरहरुमा चुनावीखेल बुझ्नेहरुको, राजनीति लाई सापेक्षतामा हेर्ने बुझ्ने हरुको क्रम बढीरहेको छ । यस पछिका पछिल्ला निर्वाचनहरुमा यसको व्यापक प्रभाव पर्ने देखिन्छ ।
स्वतन्त्र प्रभाव ः खासगरि काठमाण्डौ र धरान स्थानिय निर्वाचन पछि सामाजिक सञ्जाल र मिडियामा सवैभन्दा बढी स्थान पाउने क्षेत्र बने । कारण थियो दुवै ठाँउमा स्वतन्त्र उम्मेदवारले चुनाव जितेपछि । उनिहरुले स्थानिय शासनका सवालमा चालेका कदमहरु । धरानमा खानेपानीको मुद्धालाई प्रमुख मुद्धा बनायर चुनावमा होमिएका हर्क साम्पाङको श्रम अभियानलाई खानेपानी परियोजना सँग जोडीयर जनता सँगगरिएको सहकार्यले संसारभरका नेपालीहरुको ध्यान खिच्न सफल रहयो ।
आफ्नो ठाँउ विशेषको मौलिक आवश्यकता र प्राथमिकतालाई पहिचान गरेर जनता सँगको सहकार्यमा लागीरहेको उनको पानी र बृक्षारोपण अभियानले जनप्रतिनिधिहरुले काम गर्ने स्टाइल र जनता सँग सहकार्यगर्ने शैलीमा एउटा मानक र्निमाण गरिदिएको छ ।
साथ साथै काठमाण्डौ महानगरले पनि काठमाण्डौ शहरले भोगेका मुख्य समस्याहरु फोहोरको बैज्ञानिक व्यवस्थापन, अव्यवस्थीत सडकपेटीहरु, मिचिएका पैदलमार्गहरुलाई व्यवस्थीत गराउने, अतिक्रमीत सरकारी जमिनलाई फिर्ता ल्याउने । शहरको व्यवस्थीत इन्जीनियरिङ गर्ने लगायतका बिविध विषयका कारण बालेन शाहलाई आम सञ्चार माध्यमले पछाइरहयो । उनको थुप्र्र्रै क्रियाकलापको सामाजिक सञ्जालमा खुलेरै सर्मथन गर्ने एउटा बृहत लहरै चलेको छ अहिलेपनि । सार्वजनिक कार्यक्रममा , मन्त्री, प्रधान्मन्त्री, राष्ट्रपति भन्दा पनि बढी क्रेज उनको देखीन्छ । यो परिर्वतनको संकेत पनि हो ।
राजनीति लाई सेवाको रुपमा राजनीतिककर्मीले लिनुपर्छ, यस्तो सेवा भावका साथ जनतामा आउने पात्रहरु अव चाँही जो पायो त्यही नेताको खल्तीबाट टिकट लियर आएको कारण, पाटीको मान्छे भएको कारण, चुनाव बाट अनुमोदन हुने अवस्था छैन भनेर संकेत गरेका छन । एउटै नेताले बिसौं तिसौं बर्ष देखि एउटै स्थानमा ठेक्का लिए जसरी चुनावमा टिकट पाइरहने तर काम नगर्ने परिपाटी मुख्य राजनीतिक दलहरुमा देखिएका कारण आम जनताले त्यसको विरुद्धमा अभिमत जाहेर गरेको प्रष्ट हुन्छ ।
प्रतिनिधिसभा र प्रदेशसभामा देखिएका लक्षणहरु ः
स्थानिय चुनावपछि नेपाली समाजमा देखिएको मनोविज्ञानले राजनीतिमा नयाँ पुस्तालाई आकर्षित गरेको छ । देशव्यापीरुपमा राजनीतिमार्फत सेवा गर्ने अभिलासा सहित चुनावी अभियानमा यूवाहरु एवं कहिल्यै पनि राजनीतिमा नदेखिएका अनुहारहरु देखिरहेका छन । विभिन्न किसिमका अग्र्यानिक एजेन्डा सहित । नयाँ नयाँ दृष्टीकोण र योजना सहित आफ्नो क्षेत्रको विकास र परिर्वतनका लागी पछिल्लो पुस्ता चुनावी दौडमा होमिएको छ ।
प्राविधिकरुपमा ठुलो आकार भएका मुख्य राजनीतिक दलहरु भित्र पनि नेतृत्वमा पुस्तान्तरणको सामान्य प्रभाव चाँही देखिएको छ । यूवा अनुहारको प्रतिनिधित्व दल भित्रका उम्मेदवारहरुको अवस्था हेर्दा मुख्य दलहरु भित्र चाँही यसको प्रभाव सामान्य देखिएको छ ।
संभावना ः
यसपटको संसदिय चुनावको अभ्यास र पार्टीहरुले एक अर्काको सहारामा गरेका गठबन्धनको परिणाम अनपेक्षित आउने अनुमान गरिएको छ । मुख्य राजनीतिक दलका शिर्ष नेतृत्व बाहेक, दोश्रो तहका पटक पटक एउटै क्षेत्रमा चुनावी अभ्यासमा उत्रेका नेताहरुको चुनावि नतिजा भने अनपेक्षित हुनेछ ।
हुनत झण्डै एक बर्ष अगाडी देखि पूर्व प्रधानमन्त्रीहरुलाई प्रधानमन्त्रीको रेसवाट बाहिर ल्यायर राजनीतिमा पुस्तान्तरण गर्न यूवा हस्तक्षेप हुनुपर्छ भन्ने मान्यताका छलफल र प्रयासहरु नभएका होइनन तर त्यस्तो खालका प्रयासले केही सामाजिक मुभमेन्ट निकाले पनि, शिर्ष नेतृत्वहरुको चुनावि क्षेत्रको अवस्थालाई हेर्दा पूर्व प्रधानमन्त्रीहरु अधिकाँस ढुक्कले जित्ने अवस्थामा रहेका छन ।
सत्ता गठबन्धनको तालमेलमा रहेका कुल उम्मेदवार मध्ये २८ प्रतिशत क्षेत्रमा गठबन्धन दलहरु विच आन्तरीक कारणले नतिजा, एमाले वा अरु कोही गठबन्धन बाहिरका नेताको पोल्टामा नतिजा जानेछ । भने १७ प्रतिशत क्षेत्र स्वतन्त्र, साना दलहरु एवं समाजीक व्यक्तित्वहरुको हातमा जाने संभावनाको आकलन गरिएको छ ।
यसपटकको चुनावमा सत्ता गठबन्धन र प्रतिपक्ष विचको प्रतिष्प्रर्धा पार्टीले जिते पनि प्राविधिक रुपमा हार्ने अनि कतिपय ठाँउमा पार्टीले हारेपनि प्राविधिक रुपमा जितने खालका रोचक परिणामहरु देखापर्नेछन ।
लेखक ः पूर्व सञ्चारकर्मी एवं चुनावी रणनीतिक योजनाकार हुन ।

प्रतिक्रिया दिनुहोस्