काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभा सदस्य (सांसद) चुन्नका लागि आज बिहान ७ बजेदेखि मतदान हुँदैछ । प्रत्यक्ष र समानुपातिक गरी मिश्रित प्रणालीबाट चुनिने जनप्रतिनिधिहरुले मुख्य रुपमा सरकार निर्माण गर्ने र कानून बनाउने काम गर्नेछन् ।
प्रत्यक्ष मतदानबाट १६५ प्रतिनिधिसभा सदस्य र ३३० जना प्रदेशसभा सदस्य निर्वाचित हुनेछन् । बाँकी भने समानूपातिक पद्धती अन्तर्गत दलले प्राप्त गरेको मतका आधारमा निर्वाचित हुनेछन् । प्रतिनिधिसभामा २७५ र प्रदेशसभामा ५५० सदस्य हुन्छन् ।
प्रतिनिधिससभामा ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन् । त्यस्तै प्रदेशसभामा २२० जना समानुपातिक पद्धतिबाट निर्वाचित हुनेछन् । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रमा दुई हजार ४१२ उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्