दाङ -१ मा मतगणना सम्बन्धि सर्बदलिय बैठक जारि

दाङ समाचार
दाङ समाचार ५ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

दाङ – दाङ निर्वाचन क्षेत्र नम्बर १ को मतगणना सम्बन्धि सर्बदलिय बैठक बसिरहेको छ । मतगणना आचारसंहिता सम्बन्धि छलफल भैरहेको छ ।

प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा आवद्ध सबै राजनैतिक दलका प्रतिनिधि, पत्रकार,सुरक्षाकर्मी सम्मिलित बैठकमा मतदानका दिन भालुवाङमा भएको घटनाको बारे छलफल भैरहेको छ ।

मतदानका दिन दाङ निर्वाचन क्षेत्र नम्बर १ प्रदेश “क” को एक मतदान केन्द्रमा मतदातालाई मतपत्र दिंदा मतदन अधिकृतले बदमासी गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले आरोप लगाइरहेको छ ।

दाङ निर्वाचन क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत मान बहादुर विष्टका अनुशार सर्बदलिय बैठक सकिए लगत्तै मतगणना शुरु हुने छ ।

दाङ निर्वाचन क्षेत्र नम्बर १ मा कुल १ लाख ३४ हजार ७ सय ३३ मतदाता रहेकोमा ८० हजार ७०० मत खसेको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्