‘बहकिने मन’ कार्यक्रमका प्रस्तोता महावीर विश्वकर्माको निधन

दाङ समाचार
दाङ समाचार ६ मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडाैँ – सञ्चारकर्मी महावीर विश्वकर्माको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।

राप्ती नगरपालिका- ४ सुन्दरबस्तीस्थित आफ्नो घरबाट काठमाडौँ जाँदै गर्दा राप्ती नगरपालिका- ६ हर्दीमा आज बिहान साढे ५ बजे माइक्रो बस दुर्घटना हुँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएकाे छ ।

प्रहरीका अनुसार आफू सवार बा ४ ख ४१२ नम्वरको माइक्रोबसमा च्यापिएर विश्वकर्माकाे निधन भएकाे हाे । विग्रेर रोकिराखेको ना २ ख ८५२२ नम्वरको ट्रकमा माइक्रो ठोक्किएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइतेहरूकाे चितवनका स्थानीय अस्पतालमा उपचार भइरहेकाे छ । विश्वकर्माकाे शव पोष्टमाटमका लागि भरतपुर अस्पताल ल्याइदै छ । लामो समय चितवनको रेडियो चितवन र कालिका एफएममा काम गरेका उनले थाहा सञ्चार नेटवर्कबाट प्रसारित कार्यक्रम बहकिने मन चलाउँथे।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्