अर्जेन्टिनाका लागि विश्वकपमा गोल गर्ने मेस्सी दोस्रो बुढो खेलाडी

दाङ समाचार
दाङ समाचार ६ मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

काठमाण्डौ – अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी विश्वकपमा अर्जेन्टिनाका लागि गोल गर्ने दोस्रो धेरै उमेरका खेलाडी बनेका छन् । साउदी अरेबियाविरुद्ध खेलको १० औँ मिनेटमा गोल गर्दै मेस्सीले सो रेकर्ड बनाएका हुन् । उनले ३५ वर्ष १५१ दिनको उमेरमा गोल गर्न सफल भए ।

यसअघि मार्टिन पालेर्मोले सन् २०१० मा ग्रिसविरुद्ध ३६ वर्ष २२७ दिनको उमेरमा गोल गरेका थिए । मेस्सीले अर्जेन्टिनाका लागि योसँग लगातार ५ खेलमा दोस्रो पटक गोल गर्न सफल भएका छन् । यसअघि सन् २०११ को नोभेम्बर र सन् २०१२ को सेप्टेम्बरको बीचमा मेस्सीले लगातार ५ खेलमा गोल गरेका थिए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्