काठमाण्डौ – गोरखामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अग्रता कायम राखेका छन्। गठबन्धनबाट गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार अध्यक्ष प्रचण्डले १२ हजार ६१५ मत गणना हुँदा ७ हजार २७९ मत प्राप्त गरेका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले २ हजार १० मत पाएका छन्। नेकपा एमालेका अब्दुस सलाम मियाँ १ हजार ६९८ मत प्राप्त गरी तेस्रोमा छन्। त्यहाँ अहिलेपनि मतगणना जारी छ।

प्रतिक्रिया दिनुहोस्