स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु

दाङ समाचार
दाङ समाचार ७ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

दाङ – दाङमा स्कुल बसको ठक्करबाट एक बालिकाको ज्यान गएको छ । ज्यान जानेमा घाेराही उपमहानगरपालिका – ९ नयाँवस्ती भन्ने स्थानमा सोहि ठाउँ निवासी सोभाराम विककी १३ महिनाकी छोरी पुष्पा विक रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन गौतमले जानकारी दिनु भएको छ ।

नारायणपुरबाट विद्यार्थीलाई छाेड्न गाउँ गएको बसको ठक्करबाट विककाे मृत्युु भएको हो । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तिव्रगतिका कारण दुर्घटना भएको स्थानीयले बताएका छन्।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्