दाङबाट प्रदेशसभामा कांग्रेसका राजु खनाल विजयी

दाङ समाचार
दाङ समाचार ७ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

दाङ – क्षेत्र नम्बर २ दाङ प्रदेश सभा (१) मा नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल विजयी भएका छन् । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभाका उपसभापति समेत रहेका खनालले नेकपा एमाले उम्मेदवार बलिभद्र रानालाई हराउँदै प्रदेशसभाको यात्रा तय गरेका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा र प्रदेशसभाको सबै मत गणना गरीसकेर सबैको परिणाम एकैपटक सार्वजनिक गर्ने भनेकाले अहिले औपचारिक रुपमा परिणाम सार्वजनिक भएको छैन । तर कार्यालय स्रोतले भने १ हजारभन्दा बढी मत अन्तरले राजु खनाल विजयी भएको जनायो ।

स्रोतका अनुसार राजु खनालले १५ हजार ६१६ र एमालेका बलिभद्र रानाले १४ हजार ४४९ मत पाएका छन् ।खनालका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बलिभद्र रानाले १४ हजार ४४९ मत प्राप्त गरेका छन् । राना खनालसँग १ हजार १६७ मत अन्तरले पारजित भएका छन् ।

खनाल ०७० सालमा दाङ क्षेत्र नम्बर २ बाट चुनाव लडेर संंघीय सांसद बनेका थिए । ०७४ सालमा दाङ २ बाट माओवादीका नेता कृष्णबहादुर महरासँग पराजित भएका उनी अहिले प्रदेशमा झरेका हुन् ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्