दाङ – १ मा नेपाली काङ्ग्रेसका अनुराग खड्का विजयी

दाङ समाचार
दाङ समाचार ८ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

दाङ – निर्वाचन क्षेत्र नम्बर- १ प्रदेश सभा “ख” मा नेपाली काङ्ग्रेसका अनुराग खड्का निर्वाचित हुनु भएको छ । खड्काले नेकपा एमालेका उम्मेदवार कुल बहादुर केसीलाई ३ हजार ५२ मतले पराजित गर्नु भएको छ ।

खड्काले १६ हजार २ सय २२ मत प्राप्त गर्दै विजयी हासिल गर्नु भएको दान निर्वाचन क्षेत्र नम्बर -१ का निर्वाचन अधिकृत मान बहादुर विष्टले जानकारी दिनु भयो । यद्यपि घोषणा हुन भने बाँकी छ ।

खड्काका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका कुल बहादुर केसीले १३ हजार १ ७० मत पाउनु भएको छ । त्यस्तै नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार भक्तिराम चौधरीले ५ हजार १ सय ३९ मत लिनु भएको छ ।

निर्वाचित भैसकेपछी खड्काले जनताले दिएको मतको कदर गर्दै समग्र दाङको विकासमा आफुले खटेर काम गर्ने बताउनु भयो । उहाँले भन्नू भयो ” म जत्तिको एउटा कलिलो युवालाई यति धेरै विश्वास गर्दिनु भयो, म यो विश्वासलाई आत्मसात गरेर अगाडी बढ्ने छु” ।

दाङ -१ मा जम्मा १ लाख ३४ हजार ७३३ मतदाता मध्य प्रदेश “क” मा ४० हजार १ सय ६ र प्रदेश “ख” मा ३८ हजार ५ सय ९२ गरि कुल ७८ हजार ६ सय ९८ मत खसेको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्