दाङ -१ प्रदेश सभा “क” मा नेकपा माओवादी केन्द्रका इन्द्रजित थारु निर्वाचित हुनु भएको छ ।
थारुले नेकपा एमालेका उम्मेदवार गंगाराम भट्टराईलाई १ हजार ७ सय ७५ मतान्तरले पराजित गर्नु भएको निर्वाचन अधिकृत मान बहादुर विष्टले जानकारी दिनु भयो ।
नेकपा माओवादी केन्द्रका इन्द्रजित थारुले १३ हजार ५०५ मत प्राप्त गर्दा नेकपा एमालेका गंगाराम भट्टराईले ११ हजार ७३० मत मात्र लिनु भएको हो ।
इन्द्रजित अन्तरिम संसद, संविधान सभा सदस्य, प्रदेश सभा सदस्य र अहिले पुनः लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको छ । अहिले उहाँ लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्री हुनुहुन्छ ।
दाङ -१ मा जम्मा १ लाख ३४ हजार ७३३ मतदाता मध्य प्रदेश “क” मा ४० हजार १ सय ६ र प्रदेश “ख” मा ३८ हजार ५ सय ९२ गरि कुल ७८ हजार ६ सय ९८ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्