इन्द्रजित थारु “मुख्यमन्त्री” काे दाबेदार

दाङ समाचार
दाङ समाचार ११ मंसिर २०७९, आईतवार
1 Min Read
Aa

दाङ – लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीको दाबी गर्दै आउनु भएको नवनिर्वाचित प्रदेश सभा सदस्य इन्द्रजीत थारूले २०७९ साल मंसिर ४ गते भएकाे प्रदेश सभा निर्वाचनमा विजयी हुनुभएको छ ।

निर्वाचनको बेला नवनिर्वाचित सदस्य थारूले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीकाे दावी गर्नुभएकाे थियोे र निर्वाचन पनि सहज तरिकाले जित्न सफल हुनुभएको छ ।

मुख्यमन्त्री बन्ने योजना सहित चुनावी मैदानमा होमिनु भएका लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री एवम् सत्ता गठबन्धनका तर्फबाट दाङ क्षेत्र नं. १ (१) प्रदेश सभा सदस्य इन्द्रजीत थारूले नेकपा एमालेका उमेदवार गंगाराम भट्टराईलाई पराजित गर्दै विजयी हुनुभएको हाे ।

थारूले १३ हजार ४ सय ९९ मत पाउँदा भट्टराईले ११ हजार ७ सय १९ मत पाउनु भएको थियो । थारूले १७ सय १९ मतान्तरले चुनाव जितेका हुन् ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्